काठमाडाैँका तीनसहित थप ५९३ सङ्क्रमित, कुल ११ हजार ७५५, थप एककाे मृत्यु

काठमाडौँ / असार १२ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडाैँका तीन पुरुषमा पनि काेराेना पुष्टि भएकाे छ ।

योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या एघार हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले साे जानकारी दिनुभयाे ।

डिस्चार्ज

यस्तै, विभिन्न अस्पतालबाट थप ४८ जना निकाे भएर डिस्चार्ज भएका छन् । आठ महिला र ४० पुरूष निकाे भएका छन् । याेसँगै कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ६५८ पुगेकाे छ ।

रेड जाेन

रेड जाेनमा एक जना थपिएकाे छ ।

थप एक मृत्यु

असार ११ गते थप एकजनाकाे मृत्यु भएकाे छ । अन्दाजी २५ देखि ३० वर्षीया महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक अचेत फेला परेकी थिइन् । जाँच हुँदा मृत्य घाेषणा भएकाे थियाे । साेही दिन जाँच गर्दा १२ गते मृतककाे स्वाबमा काेराेना भेटिएकाे छ । याेसँगै मृत्यु हुनेकाे सङ्ख्या २७ पुगेकाे छ । मृत्यु हुनेकाे नाम र ठेगाना खुलेकाे छैन ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter