रोयल सासा फर्मास्युटिकल्सद्वारा औषधि उत्पादन सुरु


काठमाडौं, असार १९ गते । रोयल सासा फर्मास्युटिकल्सले चितवनमा औषधि उत्पादन सुरु गरेको छ । पश्चिम चितवनको भूवन वस्तीमा स्थापित करिब ५० करोड रुपैयाँको लागतमा स्थापित कम्पनीले २४ प्रकारका औषधि उत्पादन गर्नेछ ।

रोयल सासाका कार्यकारी निर्देशक अर्जुन पौडेलका अनुसार कम्पनीले वार्षिक १५ करोड ट्याबलेट, ५० लाख क्याप्सुल, ५० लाख ट्युब मलम, ६० लाख पुरिया जीवनजल र २५ लाख बोतल ड्राई सिरप उत्पादन गर्नेछ । कम्पनीले बिहीबारदेखि केही औषधिको परीक्षण उत्पादन सुरु गरेको छ । कम्पनीले एन्टिबायोटिक औषधिलाई उत्पानको मुख्य लक्ष्य राखेको छ । उत्पादनमा अत्याधुनिक प्रविधिको मेसिन जडान गरिएको छ ।

कम्पनीका अनुसार ६ महिनाको परीक्षणपछि व्यावसायिक उत्पादन सुरु गर्नेछ । कम्पनीले नाक कान घाँटी, मधुमेह, मुटु रोग, सुइजन्य र आँखा रोगका समेत औषधि उत्पादन गर्ने निर्देशक पौडेलले बताए। दुई वर्षभित्र विश्व स्वास्थ्य संगठनको गुणस्तर मापदण्डको जीएपी प्रमाणीकरण पाउने गरी काम गर्ने पौडेलको दाबी छ । गुणस्तरलाई सबैभन्दा बढी लक्षित गरिएको प्राविधिक कन्सल्ट्यान्ट राजेन्द्र चौधरीले बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter