नयाँ सङ्क्रमित २३२ जना थपिए, कुल सङ्क्रमित १५ हजार ४९१

काठमाडौँ, असार २० गते । कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरि कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यससँगै देशभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १५ हजार ४९१ जना पुगेको छ । शुक्रबारसम्म सङक्रमितको सङ्ख्या १५ हजार २५९ रहेको थियो ।

हालसम्म कोरोनाभाइरसका सङ्क्रमित छ हजार ४१५ जना मुक्त भई घर फर्केका छन् । कोरोनाभाइरसका नौ हजार ४२ जना सङ्क्रमित हाल आइसलोसनमा छन् । मन्त्रालयका अनुसार देशभरि ३३ हजार १२५ जना हाल क्वारेन्टीनमा छन् । पछिल्लो चौबिस घण्टामा २७२ जना कोरोना सङ्क्रमित आइसोलेशन अवधि पुरा गरेर उपचारपछि घर फर्केका छन् ।

पछिल्लो चौबिस घण्टामा चार हजार ५० जनामा आरटी पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा प्रति दश लाखमा परीक्षण दर भारत, अफगानिस्तान, श्रीलङ्का र पाकिस्तानभन्दा उच्च रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter