नेकपाको आन्तरिक संघर्षमा कांग्रेसले सत्ताको दाउ हेर्नुहुन्न : वरिष्ठ नेता पौडेल

काठमाडौँ, असार २० गते । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको आन्तरिक शक्तिसंघर्षमा कांग्रेसले सत्ताको दाउ हेर्न नहुने बताएका छन् ।

बागमती प्रदेशस्तरीय जुम मिटिङमा नेता पौडेलले कम्युनिस्टहरूमा समस्या सिर्जना गर्ने, तर समाधान दिन नसक्ने संस्कार रहेको भन्दै उनीहरूको अप्ठ्यारोमा कांग्रसले दाउ हेर्न नहुने बताएका हुन् ।

‘कम्युनिस्टहरूले दुईतिहाइ पचाउन सकेनन् । कोरोना र सलहको असरका वेला प्रभावकारी रूपले काम गर्नुपर्नेमा सरकारको ध्यान कता छ ? उनीहरूले भन्ने गरेकाेजस्तो वैज्ञानिक समाजवाद कहाँ छ ? बरु पार्टीमा भाँडभैलाेको अवस्था छ,’ पौडेलले भने, ‘कांग्रेसले पनि सत्ताको जोडघटाउको दाउ हेरेर सत्तामा पुग्ने सोच छोड्नुपर्छ ।’

कोरोनाको असरपछि विदेशबाट आएका, सहरबाट गाउँ पसेकालाई उद्यमशील बनाउन सरकारसँग भिजन नै नभएको आरोप उनले लगाए । ‘नागरिकहरू विदेशबाट स्वदेश, सहरबाट गाउँ गएका छन् । उनीहरूलाई गाउँमै रोजगारीको प्रबन्ध गर्न सकिने थियो,’ पौडेलले भने, ‘उनीहरूलाई उद्यमशील बनाउन सकिने कार्यक्रम ल्याउनुपर्ने थियो । तर, बजेटले यतातिर ध्यान दिएन । गाउँमा बस्न सक्ने खालको सरकारको नीति र कार्यक्रम छैन ।’

१४औँ महाधिवेशनबाट भिजनसहितको नेतृत्व स्थापित गर्न नसके कांग्रेसको काम नै नहुने उनको भनाइ थियो । ‘हामी १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा छौँ । यो वेला कांग्रेसलाई भिजनसहितको कांग्रेस बनाउन सक्ने कि नसक्ने ?,’ पौडेलले भने, ‘१४औँ महाधिवेशनअघि तेर्सिएको प्रश्न नै यही हो । १४औँ महाधिवेशनमा एक व्यक्तिको सट्टा अर्को चुनिनुले मात्रै अर्थ छैन । नयाँ आशा र उत्साह पैदा गर्न सक्यो भने यो राष्ट्रको कल्याण हुन्छ । मुलुक र लोकतन्त्र बचाउन सकिन्छ ।’

जनतालाई मनछुने कार्यक्रमसहित कांग्रेस अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । ‘कम्युनिस्टहरू समस्या समाधान गर्छन्, तर कांग्रेसको प्रजातान्त्रिक समाजवादले समस्याको समाधान गर्छ । यसैले कांग्रेस भिजनसहित अगाडि बढ्नुपर्छ । जनतालाई छुने कार्यक्रमहरूकाे भिजन लिएर हाम्रो पार्टी अगाडि बढ्नुपर्छ,’ पौडेलले भने ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter