उपत्यकामा ५४ सहित थप १८० सङ्क्रमित, कुल १५ हजार ९६४

काठमाडौँ, असार २२ गते । पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

क्वारेन्टाइनमा २९ हजार २१५ र आइसोलेसनमा नाै हजार ११८ जना रहेका छन् । आज २६४ जना निको भएर डिस्चार्ज हुनुभएको छ ।

डिस्चार्ज

अहिलेसम्म छ हजार ८११ डिस्चार्ज हुनुभएको छ । रेड जाेनमा ५१९ परेका छन् । जनकपुरमा एकजना रेड जाेनमा थपिएका हुन् ।

उपत्यकामा सङ्क्रमित

यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ५४ पुगेको छ । काठमाडौँ जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना सङ्क्रमित भएका छन् ।

पाँचसय भन्दा बढी उपचाररत जिल्ला

महाेत्तरी, राैतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेकाे उहाँले जानकारी दिनुभयाे ।

मृत्यु

असार २१ गते वाग्लुगकाे ढाेरपाटन नगरपालिकाका २९ वर्षीय एकजना पुरुषकाे मृत्यु भएकाे छ । काेराेना भाइरसका कारणले मृत्यु हुने नेपालमा ३५ पुगेकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter