बिना मास्क बाहिर निस्कने र सामाजिक दूरी मिच्नेलाई पक्राउ गर्न सक्ने

काठमाडौँ, असार २२ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण समुदायस्तरमा बढ्दै गएपछि स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना नगर्नेमाथि सरकारले कडा कारबाही गर्ने नीति लिएको छ । बन्दाबन्दीको स्वरुप परिवर्तन गर्दै सरकारले स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी निश्चित व्यवसाय सञ्चालन लागि खुला गरे पनि त्यसको पालना नगरेको जनगुनासो बढेपछि गृह मन्त्रालयले कडा नीति लिन लागेको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मन्त्रिपरिषद्ले यसअघि गरेको स्वास्थ्य र सुरक्षा मापदण्डसहित बजार अनुगमन र कार्यान्वयनका लागि निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार, बिनामास्क बाहिर निस्कने, सामाजिक दूरी कायम नगर्नेलाई प्रहरीले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने छ । सरकाले लकडाउन खुला गरेपछि कतिपयले लापरवाही गर्न थाले पछि सङ्क्रमण फैलन सक्ने जाेखिम विचार गरी सरकारले याे कदम चालेकाे हाे ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter