नेपाल प्रहरीको महानिरीक्षक पदमा शैलेश थापा क्षेत्री नियुक्त

काठमाडौँ, असार २३ गते । सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । उहाँ नेपाल प्रहरीको २८ औँ महानिरीक्षक हुनुहुनेछ । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीको असार २४ मा उमेरका कारण अवकास हुँदैछ । आज बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले उहाँलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बताउनुभयाे ।

महानिरीक्षक पदका लागि एआईजीद्वय शैलेश थापा र हरिबहादुर पाल पनि प्रतिस्पर्धामा भए पनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो । वि. सं. २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापा प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म नम्बर एक नम्बर बन्ने सौभाग्य पाउँदै आउनुभएको छ ।

नेपाल प्रहरीको सङ्गठनमा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतका रुपमा थापालाई लिने गरिएको छ । उहाँ यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता रुपमा काम गर्नुभएको र उहाँले यसअघिका प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter