उपत्यकामा २८ सहित थप २०४ सङ्क्रमित, कुल १६ हजार १६८

काठमाडौँ, असार २३ गते । पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

आज देशभर छहजार १३३ जनाको पीसीआर परीक्षण गरिएकोमा सङ्क्रमित सङ्ख्या २०४ आएको हो । योसँगै जम्मा दुई लाख ६१ हजार ८६१ पुगेको छ ।
क्वारेन्टाइनमा २६ हजार ७२७, आइसोलेसनमा आठ हजार ६३४ रहेका छन् ।

डिस्चार्ज

आज ६८८ जना निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै ७४९९ पुगेको छ भने याे ४६ प्रतिशत भन्दा बढी सङ्क्रमित स्वास्थ्य लाभपछि घरमा डिस्चार्ज भएका छन्।

उपत्यकामा सङ्क्रमित

यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या २८ पुगेको छ । काठमाडौँ जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जना सङ्क्रमित भएका छन् । हिजाे उपत्यकामा ५४ जना सङ्क्रमित पुष्टि भएकाे थियाे । आइतबार उपत्यकामा ३० जनामा भाइरस सरेकाे थियाे ।

पाँचसय भन्दा बढी उपचाररत जिल्ला

महाेत्तरी, राैतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेकाे उहाँले जानकारी दिनुभयाे ।

सङ्क्रमणमुक्त चारवटा जिल्ला

प्रदेश १ मा तेहथुम, भोजपुर र सोलुखम्बु र कर्णाली प्रदेशमा हुम्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको घोषणा भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter