उपत्यकामा ४२ सहित थप ११८ सङ्क्रमित, कुल १६ हजार ६४९

उपेश महर्जन / काठमाडौँ, असार २६ गते । पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ ।

योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित आठहजार ३०६ रहेका छन् ।

पछिल्लो २४ घण्टामा चार ८०६ हजार पीसीआर परीक्षण भएकाे छ । हालसम्म २७५२५१ परीक्षण भएकाे छ । क्वारेन्टाइनमा २३ हजार ९१० र आइसोलेसनमा आठहजार ६०३ रहेका छन् ।

डिस्चार्ज

आज १२० जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै आठहजार ११ पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ४८.२ प्रतिशत हाे ।

उपत्यकामा सङ्क्रमित

यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ४२ पुगेको छ । काठमाडौँमा २८ जना र ललितपुरमा १३ जना सङ्क्रमित भएका छन् । भत्तपुरमा एकजना सङ्क्रमित पुष्टि भएकाे छ ।

उपत्यकामा बुधबार २३ जना, मंगलबार २८ जना, साेमबार ५४ र आइतबार ३० जना सङ्क्रमित पुष्टि भएकाे थियाे ।

पाँचसय भन्दा बढी उपचाररत छ जिल्ला

महाेत्तरी, राैतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेकाे उहाँले जानकारी दिनुभयाे ।

सङ्क्रमणमुक्त छवटा जिल्ला

धनकुटा, भोजपुर , सोलुखम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको घोषणा भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter