उपत्यकामा ६ सहित थप ८२ , कुल १६,८०१; निको भएको सङ्ख्या ८,५८९

काठमाडौँ, असार २८ गते । पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ८०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित आठहजार १७४ रहेका छन् ।

पछिल्लो २४ घण्टामा तीनहजार ९१६ पीसीआर परीक्षण भएकाे छ । आइसोलेसनमा २३ हजार ७८४ रहेका छन् । आइसोलेसनमा आठहजार १७४ रहेका छन् ।

डिस्चार्ज

आज १४७ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै आठहजार ५८९ पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ५१.१ प्रतिशत हाे ।

उपत्यकामा सङ्क्रमित

यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ६ पुगेको छ । काठमाडौँमा पाँचजना र ललितपुरमा एकजना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा सङ्क्रमित पुष्टि भएकाे छैन ।

उपत्यकामा अहिलेसम्म तीनसय ४७ सङ्क्रमित

उपत्यकामा अहिलेसम्म तीनसय ४७ पुगेको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा सङ्क्रमितहरु केही विदेशबाट फर्केका र केही स्वदेश र केही स्थानीय रुपमा सङ्क्रमण भएका छन् । केही स्थानीय रुपमा सङ्क्रमण भएकाहरु शुन्य दशमलब १८ मात्र रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter