उपत्यकामा नाैसहित थप १४४ सङ्क्रमित, १७०५ जना डिस्चार्ज; कुल सङ्क्रमित १६ हजार ९४५

काठमाडौँ, असार २९ गते । पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित छहजार ६१३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा पाँच हजार ८५६हजार पीसीआर परीक्षण भएकाे छ । क्वारेन्टाइनमा २३ हजार ४७० र आइसोलेसनमा छहजार ६१३ हजार रहेका छन् । ५२५ जना रेड जाेनमा रहेका छन् । पछिल्लो २४ घण्टामा काेही पनि रेड जाेनमा परेकाे छैन ।

डिस्चार्ज

आज १७०५ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै १० हजार २९४ पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ६०.७ प्रतिशत हाे ।

उपत्यकामा सङ्क्रमित

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या नाै पुगेको छ । काठमाडौँमा तीन जना, ललितपुरमा पाँच जना, भक्तपुरमा एक जना सङ्क्रमित भएका छन् ।

उपत्यकामा कुल ३५६ सङ्क्रमित

उपत्यकामा अहिलेसम्म सङ्क्रमित ३५६ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter