थप ११६ जना नयाँ सङ्क्रमित, कुल सङ्क्रमित १७ हजार ६१; दश हजार २९४ निको

काठमाडौँ, असार ३० गते । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ११६ सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका सङ्क्रमित सङ्ख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट ११६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ ।

चौबीस घण्टामा चार हजार ३६१ जनाको कोरोनाभाइरसका परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल क्वारेन्टाइनमा २४ हजार ७१६ जना सङ्क्रमित छन् ।

आइसोलेसनमा छ हजार ६९५ जना छन् । सोमबारसम्म सङ्क्रमित हुनेको सङ्ख्या १६ हजार ९४५ थियो । जसमध्ये निको भएका दश हजार २९४ र सङ्क्रमण सक्रिय रहेको सङ्क्रमितको सङ्ख्या छ हजार ६१३ जना रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter