प्रधानमन्त्रीका अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित थिएनन् ; परराष्ट्र मन्त्रालय

काठमाडौं, असार ३० गते । परराष्ट्र मन्त्रालयले सोमबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती सम्बन्धी एक कार्यक्रममा राम र रामायणसम्बन्धी दिनुभएको धारणाकाे राजनीतिक विषयसँग सम्बिन्धत नभएको स्पष्ट पारेको छ । साथै उहाँको धारणा कुनै पनि समुदायको भावना र मर्ममाथि आहात गर्ने उद्देश्य नभएको पनि सो मन्त्रालयले एक विज्ञप्ति जारी गरी स्पष्ट पारेको हो ।

विज्ञप्तिका अनुसार श्रीराम र रामसँग सम्बन्धित स्थानहरुबारे विभिन्न किम्वदन्ती र आधारहरु भएकाले प्रधानमन्त्री ओलीले समृद्ध सभ्यतासहित श्रीराम, रामायण र तीसँग सम्बन्धित स्थानहरु र बृहत सांस्कृतिक भूगोलबारे थप अनुसन्धान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीको धारणामा अयोध्या र त्यसको सांस्कृतिक मूल्यको औचित्यलाई नजरअन्दाज गर्ने कुनै पनि ध्येय नभएको पनि उक्त विज्ञप्तिमार्फत् स्पष्ट पारेको छ ।

यस्तै, विज्ञप्तिमा मे २०१८ मा ‘रामायण सर्किट’ अन्तर्गत प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पहलमा जनकपुर अयोध्या यातायात सेवा सञ्चालन भएको पनि उल्लेख छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter