महालेखाले राष्ट्रपतिलाई बुझायो ५७औँ वार्षिक प्रतिवेदन : मुलुकको बेरुजु ६ खर्ब ६४ अर्ब

काठमाडौँ, असार ३१ गते । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष ०७५/७६ को लेखापरीक्षण प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । बुधबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमबीच महालेखापरीक्षक टंकमणि शर्मा दंगालले कार्यालयले तयार गरेको ५७औँ वार्षिक प्रतिवेदन, २०७६ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन् ।

लेखापरीक्षण प्रतिवेदनअनुसार आव ०७५/७६ सम्ममा मुलुकको कुल बेरुजु ६ खर्ब ६४ अर्ब ४४ करोड पुगेको छ । संघ, प्रदेश र स्थानीय तह तथा संगठित संस्था, समिति र अन्य संस्था, जिल्ला समन्वय समितिलगायतको गरी कार्यालयले ६१ खर्ब २२ अर्ब ४९ करोडको लेखापरीक्षण गरेको थियो ।

अघिल्लो आवमा ६ खर्ब ८३ अर्ब ६६ करोड पुगेकाेमा यस वर्ष कुल बेरुजु २.८१ प्रतिशतले घटेको छ । विगतको बेरुजु फर्स्याेटमा देखाइएको तदारुकता, राजस्व बक्यौता समायोजन एवं असुली, शाेधभर्नाको प्राप्तिमा भएको सुधारलगायतका कारण गत वर्षको तुलनामा बेरुजु घटेको कार्यालयले जनाएको छ ।

लामो लकडाउनबीच करिब ३ महिना ढिलो गरी कार्यालयले अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तयार गरेको हो । प्रत्येक चैतमा अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन बुझाउने परम्परा रहे पनि कोरोना संक्रमणबीच लामो लकडाउनका कारण उक्त कार्यतालिका प्रभावित भएको हो ।

संघीय सरकारी निकाय (३,११०) र ७७ जिल्ला समन्वय समिति

लेखापरीक्षण अंक – १७ खर्ब ५६ अर्ब ४ करोड

बेरुजु – ७१ अर्ब ६ करोड

प्रदेश (९९८) कार्यालय

लेखापरीक्षण अंक – एक खर्ब ८९ अर्ब २५ करोड

बेरुजु – आठ अर्ब २० करोड

स्थानीय तह (७४७)

लेखापरीक्षण अंक – सात खर्ब ४० अर्ब ६५ करोड

बेरुजु – ३८ अर्ब १३ करोड

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter