काठमाडौँमा सातसहित थप ११६ सङ्क्रमित, कुल १७ हजार १७७; ११ हजार २५ जना डिस्चार्ज

काठमाडौँ, असार ३१ गते । पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १७ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित छ हजार ११४ रहेका छन् ।

पछिल्लो २४ घण्टामा पाँच हजार ९० पीसीआर परीक्षण भएकाे छ । याेसँगै २,९८, ८२९ परीक्षणा भएकाे छ । क्वारेन्टाइनमा २४ हजार ५२७ र आइसोलेसनमा छ हजार ११३ रहेका छन् । ५२६ जना रेड जाेनमा रहेका छन् । पछिल्लो २४ घण्टामा नवलपरासीकाे एकजना रेड जाेनमा परेकाे छ ।

डिस्चार्ज

आज ६९७ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै ११ हजार २५ पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ६४.२ प्रतिशत हाे ।

उपत्यकामा सङ्क्रमित

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँमा सङ्क्रमित सङ्ख्या ७ पुगेको छ । काठमाडौँमा ७ जना, ललितपुर र भक्तपुरमा काेही पनि सङ्क्रमित भएका छैन ।

थप एकको मृत्यु

आज थप एकजनाको कोरोना भाइरसको कारणले मृत्यु भएको छ । योसँगै भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।

रौतहटका ३६ वर्षीय पुरूषकाे असार ३१ गते साढे २ बजे निधन भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter