सुरुङमा क्षति छैन, ‘नट बोल्ट स्लिप’ हुँदा ढाेका खुल्याे

काठमाडौं, साउन १ गते । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा भएको दुर्घटना बरे छानविन गर्न गठित टोलीले सुरुङको ढोका बन्द गर्न लगाइएको नटबोल्टमा समस्या आएका कारण सो दुर्घटना भएको प्रारम्भिक जानकारी पाइएको जनाएको छ ।

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको समयोजकत्वमा गठित विज्ञहरु सहितको समितिले आजैबाट स्थलगत अध्ययन सुरु गरेको छ ।

सात दिन भित्र प्रतिवेदन दिन गठित समितिका संयोजक दवाडीले भन्नुभयो, हामीले ठूलै क्षति भएको छ कि भन्ने सोचेका थियौं तर सो घटनामा सुरुङमा कुनै क्षति भएको पाइएन ।

उहाँले भन्नुभया,े “मेलम्चीको मुख्य सुरुङ पछि कुनै मर्मत गर्नु परेमा गाडीसमेत जान सक्ने गरी बनाइएको एक्सेस सुरुङको घरको एक पल्ला भएको ढोका जस्तै फलामको खापा रहेको र एकातर्फ कब्जाहरु रहेको अर्का तर्फ ३० वटा नटबोल्टले टाइट गरिएको रहेछ । त्यसमा पानीको प्रेसरले बोल्टहरु स्लिप भएर ढोका खुलेको देखियो । ढोकाको पल्ला पनि जस्ताको तस्तै छ । खाली नटले काम नगरेको पाइयो ।”

उहाँको टोलीले स्थागल अध्ययन गर्नुका साथै डिजाइनहरु पनि जाँच गरी प्रतिवेदन तयार पार्ने छ । सो सुरुङको ढोका भारतीय कम्पनीले निर्माण गरेको र त्यसलाई डेनिस कम्पनीले पास गरेको थियो । परीक्षणका क्रममा मंगलबार सुरुङको १७ नम्बर ढोका एक्कासि खुल्दा पानीले बगाएर दुई जना घाइते हुनु भएको थियो भने एक जनाको मृत्यु भएको छ र अर्का एक जना अझै बेपत्ता हुनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter