कोभिड–१९ का १०१ संक्रमित थपिए, कुल १७ हजार ४४५

काठमाडौँ, साउन २ गते । नेपालमा कोरोनाभाइरस नयाँ १०१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार ४४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी आफ्नो नियमित पत्रकार सम्मेलनमा हालसम्म ११ हजार ५३४ जना कोभिड–१९ सङ्क्रमित निको भई घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा २८५ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

पछिल्लो चौबीस घण्टामा २७ वटा प्रयोगशालामा चार हजार ६८८ जनाको नमूना सङ्कलन गरी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको निको हुने दर ६६.१२ प्रतिशत पुगेको छ । हाल २२ हजार ७५६ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरी, आईसोलेशनमा पाँच हजार ८७१ जना छन् ।

सप्तरीको राजविराजका एकजना सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ । राजविराज नगरपालिका-१ का ७३ वर्षीय पुरुषको बिहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको थियो । उहाँ मधुमेह र मुटुको समस्याले असार ३१ गते धरानमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter