चौबीस घण्टामा ५७ थपिए, तीन साताकै कम सङ्क्रमण

काठमाडौँ, साउन ३ गते । नेपालमा कोभिड–१९ बाट थप ५७ जना सङ्क्रमित भएका छन् । सङ्कलन गरिएको नमूनाको पछिल्लो चौबीस घण्टामा आएको प्रतिवेदन बमोजिम ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नयाँ बिरामी थपिएसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार ५०२ जना पुगेको जानकारी दिएको छ । जसमध्ये पाँच हजार ८२५ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ३३१ जना कोरोना आशङ्कित जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा १०३ जना बिरामी निको भएर घर फर्केका छन् । यससँगै नेपालमा ११ हजार ६३७ जना सङ्क्रमिते कोरोनाभाइरस जितेर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार हाल २३ हजार २७५ जना क्वारेन्टाइनमा छन् । कोभिड–१९ बाट सङ्क्रमित पाँच हजार ८२५ जना आइसोलेशनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

SC bars CIAA from conducting Sting Operations

Seto Machhendranath chariot procession begins

FNCCI calls applications from Startups

Nepal beats Netherland By 9 wickets

19 injured on first day of Bisket Jatra




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter