गाडीको सर्भिसिङ थालियो, मजदुरलाई गाउँबाट डाकियो

केशवराज पौडेल / काठमाडौँ, साउन ४ गते । मौद्रिक नीतिमा व्यवसायी कुरा समेटिएको भन्दै यातायात व्यवसायीहरूले साउन ८ गतेदेखि पुर्णरुपमा यातायात सञ्चालनको तयारीमा जुटेका छन् । लामो समयदेखि ग्यारेजमा रहेका बसहरूलाई सर्भिसिङका लागि मर्मत केन्द्रहरूमा लिएर जान थालेको र गाउँगाउँमा रहेका यातायात मजदुरहरूलाई शहरमा लिएर आउन थालेको व्यवसायीहरूले बताएका छन् ।

‘हाम्रो माग राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा समावेश भएसँगै हामीले साउन ८ गतेबाट सार्वजनिक यातायातहरू चलाउने तयारी गरेका छौँ’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघका बागमती प्रदेशका महासचिव राजेश श्रेष्ठले भन्नुुभयो । तर यसको अन्तिम निर्णय भने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघले गरेपछि मात्रै हुने श्रेष्ठले बताउनुुभयो ।

मौद्रिक नीतिमा राष्ट्र बैङ्कले पुनः कर्जा लगायतका विषयमा सुविधा दिएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरि नै साउनवाट सार्वजनिक यातायात सञ्चालनको तयारी थालेको हो ।

मौद्रिक नीतिमा राष्ट्र बैङ्कले परिपत्र गर्ने र मन्त्रिपरिषद्ले थप केही सहुलियतको घोषणा गर्ने भएकाले साउन ८ गतेबाट मात्रै यातायात सञ्चालनको तयारीमा महासङ्घ लागेको छ । महासङ्घले सरकारसँग ४० सिटको गाडीमा २५ जना र ३० सिटको गाडीमा २० जना यात्रु बोक्न पाउनुपर्ने, एक जिल्लामा मात्रै नभएर ६० किलोमिटरको केन्द्र बनाएर सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग राखेर प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्रसमेत बुझाएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आइतबार र सोमबार व्यवसायीहरूसँग छलफल गरेर महासङ्घले मङ्गलबार मात्रै आधिकारिक घोषणा गरिने बताउनुभयो ।

महासङ्घले नेपालभर तीन लाख ५० हजार सार्वजनिक यातायात हुने भएकाले यातायातमा काम गर्ने मजदुरको अनिवार्य कोरोना बीमा, मेडिकल सामाग्रीहरूको व्यवस्थापन, सवारी साधनहरूको सेनिटाइजर र मास्क पन्जाको व्यवस्थानको तयारीसमेत गरेको छ ।

चैत्र ११ देखि रोकिएका सार्वजनिक यातायातहरू मौद्रिक नीतिले सम्बोधन गरेपछि आवश्यक सुरक्षाको मापदण्ड अपनाएर मात्रै चलाउने भएकाले साउन ८ बाट सञ्चालनको तयारीमा रहेको श्रेष्ठले स्पष्ट पार्नुुभयो । मौद्रिक तीतिको कार्यविधि कस्तो आउने हो भनेर मात्रै व्यवसायीहरू कुरेर बसेका छन् ।

सरकारले यसअघि सिण्डिकेट हटाउने निर्णय गरेसँगै सञ्चालनमा आएका साना व्यवसायी प्रालीहरूले यसअघि राजधानीमा बस सञ्चालन गरिसकेका छन् । काठमाडौँमा मयूर यातायात, साझा यातायात, सुन्दर यातायातको विद्युत बस सञ्चालनमा आइसकेका छन् । आवश्यक सुरक्षा मापदण्ड अपनाएर राजधानीमा ट्याक्सी तथा टेम्पोसमेत सञ्चालन भइसकेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter