कोभिड–१९ का १५६ सङ्क्रमित थपिए, कुल १७ हजार ६५८

काठमाडौँ, साउन ४ गते । नेपालमा कोभिड–१९ (कोरोना भाइरस)का १५६ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ७४१ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १५६ बिरामी थपिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार ६५८ पुगेको जनाएको छ । जसमध्ये ११ हजार ६९५ बिरामी कोरोनामुक्त भइसकेको छन् । हाल पाँच हजार ९२३ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ । कोभिड–१९ को निको हुने दर ६६.२४ प्रतिशत पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

पछिल्लो चौबीस घण्टामा ५८ जना बिरामी निको भई घर फर्केका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना आशङ्कामा हाल २२ हजार ६६२ जना क्वारेन्टाइनमा छन् । आइसोलेशनमा पाँच हजार ९२३ जना हुनुहुन्छ ।

कोभिड–१९ बाट हालसम्म ४० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोभिड–१९ को सङ्क्रमणले प्रदेश २ मा छ जना, बाग्मती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा पाँच जना, प्रदेश ५ मा १० जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा छ जनाको मृत्यु भएको हो । नेपालमा कोभिड–१९ बाट मृत्युदर १.२४ दत्र्ता गरिएको छ ।

हालसम्म नेपालमा तीन लाख १५ हजार ५७० जनाको नमूना सङ्कलन गरी कोभिड–१९ को परीक्षण गरिएको छ । परीक्षण गरिएकोमा दुई लाख ९७ हजार ९१२ जनामा कोभिड–१९ को पुष्टि भएको छैन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter