रोप्ने मात्रै हैन, बिरुवा संरक्षणमा पनि जुट्दै दाङका सामुदायिक वन

गोकर्ण पौडेल / तुलसीपुर, साउन ५ गते । जिल्लामा बर्सेनि हजारौँ बिरुवा रोपिन्छन् तर संरक्षण भएको देखिँदैन । डिभिजन वन कार्यालयसँग वार्षिकरुपमा वितरण गरिएका बिरुवाको तथ्याङ्क छ तर संरक्षण गरिएको बिरुवाको कुनै तथ्याङ्क छैन । डिभिजन वन कार्यालयले बिरुवा उत्पादन, रोपण, तारबारका लागि वार्षिक एक करोडभन्दा बढी रकम खर्च गर्छ । जिल्लाका कतिपय सामुदायिक वनहरू भने रोपणमा मात्रै होइन रोपिएका बिरुवा संरक्षणमा पनि त्यतिकै अब्बल रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मनिकापुरमा रहेको शुभकोटी डाँडामा २०५० सालपूर्व ठूलै मेला लाग्थ्यो । त्यही मेला लाग्ने डाँडामा बिरुवा रोपिएको छ । सामुदायिक वनमा हर्रो, बर्रो, अमला, खयर, आपँ, टीक, काइँयोलगायतका बिरुवा रहेको पूर्व अध्यक्ष ज्वाला पौडेल बताउनुहुन्छ । सात हेक्टर क्षेत्रफलमा रहेको शुभकोटी सामुदायिक वन स्थानीयले वन कार्यालयमा दर्ता गरी काठ, दाउरा, घास उपभोग गर्दैआएका छन् । शुभकोटी सामुदायिक वन मात्रै होइन, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको पकर्रे सामुदायिक वनमा हालसम्म पाँच हजार बढी बिरुवा रोपण गरिएको छ । रोपण गरिएकामध्ये चार हजार बढी बिरुवा घाँस, फल, काठ, दाउरा उपभोग्य गर्ने अवस्थामा रहेको सामुदायिक वन समूहका अध्यक्ष लोकबहादुर रोका बताउनुहुन्छ । सामुदायिक वन दर्तापूर्व खाली क्षेत्र करिब अाठ हेक्टर रहेकोमा हाल बिरुवा रोपण अब भने एक हेक्टर मात्रै खाली क्षेत्र रहेको अध्यक्ष रोकाले बताउनुभयो ।

डाँडामा मात्रै होइन तुलसीपुर नयाँ बसपार्कदेखि दक्षिणतर्फको बगरमा समेत स्थानीयहरूले वृक्षारोपण गरी वन तयार पारेका छन् । समुदायस्तरबाट बिरुवा रोपण भई संरक्षण हुनु वातावरणीय पक्षबाट मात्रै सकारात्मक नभई उपभोक्ताको आर्थिक पक्षसमेत सबल हुने बिजौरी सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत कमल पुन बताउनुहुन्छ । डिभिजन वन कार्यालयले यो वर्ष २२ वटा सामुदायिक वनको १६० हेक्टर क्षेत्रफलमा एक लाख नब्बे हजार बिरुवा रोपण गरेको भएको डिभिजन वन कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभयो ।

विगतका वर्षमा बिरुवा संरक्षण नभएको गुनासो आएका कारण यो वर्षदेखि सम्बन्धित क्षेत्रमा आफैँ पुगेर बिरुवा रोप्नका लागि उपभोक्तालाई सचेतना दिइँदै आएको प्रमुख ज्ञवालीले बताउनुभयो । कार्यालयले यो वर्ष १५ हजार मालागेडी, एक लाख टिमुर र पाँच हजार चिउरीका बिरुवा वितरण गरेको छ । काठ प्रजातिका दुई लाख ५० हजार बिरुवा वितरण गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter