उपत्यकामा थप नाैसहित १४७ , कुल सङ्क्रमित १८ हजार २४१; निको हुनेहरु १२ हजार ८४०

काठमाडौँ, साउन ८ गते । नेपालमा कोभिड–१९ का १४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ४८१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार २४१ पुगेको छ ।

यस्तै, १५६ निको भएर घर फर्केका छन् । योसँगै निको हुनेहरु १२ हजार ८४० पुगेको छ ।

नेपालमा अहिले पाँचहजार ३५८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने २० हजार ९८ जना क्वारेन्टिनमा रहेका छन् । रेड जाेनमा ५३० रहेका छन् ।

सङ्क्रमित हुने दर

प्रवक्ता गौतमका अनुसार नेपालमा सङ्क्रमित हुनेका दर घटिरहेको छ । असार १० गते सङ्क्रमित हुनेका दर ९.२ रहेकोमा साउन ७ गते २.०६ प्रतिशत र बिहीबार ४.२ प्रतिशत रहेको छ ।

उपत्यकामा थप नाै सङ्क्रमित

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौंमा २ नयाँ सङ्क्रमित थपिएका छन् । ललितपुरमा ५ र भक्तपुरमा २ जना सङ्क्रमित भएका छन् ।

थप मृत्यु

वीरगन्जका ७० वर्षीय एक पुरुषको कोरोना भाइरसका कारण साउन ७ गते मृत्यु भएको छ । श्वासप्रश्वासको समस्या भएका उहाँलाई उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो । योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter