पूर्ण इजलासले भन्याे, अघिल्लाे आदेश नजीर प्रतिकुल देखियो

नारायण काफ्ले / काठमाडौँ, साउन ११ गते । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जनप्रसाद कोइरालालाई जन्मकैदको सजाय घटाउने फैसलालाई पुनरावलोकन अनुमति दिएको छ । सरकारका तर्फबाट पेस भएको निवेदनमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकन अनुमति दिएको हो । पूर्ण इजलासले यसअघि प्रधानन्यायाधीश समेको संयुक्त इजलासको आदेश प्रतिपादित नजीर प्रतिकूल भएको पनि आदेशमा भनेको छ ।

इजलासले घटनाअघि र पछिका घटनाक्रम समेतका आधारमा वारदातलाई भवितब्य भन्न नमिल्ने आदेशमा भनेको छ । कसुर कायम भई सजाय समेत ठहर भएकोतर्फ पनि आदेशमा स्मरण गराइएको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले लगाएको राय सर्वोच्चबाट शान्ति विक, शेरबहादुर बस्नेत र केदार माझीसँग सम्बन्धित मुद्दामा प्रतिपादित नजीर विपरीत भएको पनि आदेशमा भनिएको छ ।

पुनरावलोकन अनुमति दिने आदेशमा भनिएको छ, ‘‘प्रस्तुत विवादमा प्रतिवादी रञ्जनप्रसाद कोइरालाले मौमाका साबित भई अदालतमा बयान गर्दा आरोपित कसुरलाई इन्कार गरी आफ्नो व्यहोरा लेखाएको पाइयो । प्रस्तुत वारदात हेर्दा प्रतिवादी रञ्जनप्रसाद कोइरालाले घटना घटाउँदा र घटना घटेपछि मृतकको लास लुकाउन गरेका क्रियाकलापबाट घटित वारदातलाई सामान्य अवस्थाको वारदात भन्न मिल्ने वा भवितब्य हो कि भनी मान्न मिल्ने अवस्था समेत देखिँदैन ।’’

पुनरावलोकन अनुमति पाएसँगै मुद्दा अब नियमित प्रक्रियामा जानेछ । मुद्दामा अब पुनरावलोकनमा लिइएका जिकिरमा आधारित भई बहस प्रारम्भ हुनेछ । मुद्दामा सर्वोच्चमा यसअघि फैसलामा संलग्न, निस्सा दिने तथा कुनै न कुनै रुपमा संलग्न भएका न्यायाधीशले सुनुवाइमा बस्न पाउने छैनन् । प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु तेजबहादुर केसी, डा. आनन्दमोहन भट्टराईले मुद्दाको सुनुावइमा सहभागी हुन पाउने छैनन् । यस्तै, निस्सा प्रदान गर्ने श्रेष्ठ, ढुङ्गाना र रेग्मीले पनि सुनुावइमा सहभागी हुने पाउने छैनन् । न्यायाधीशहरु पुरुषोत्तम भण्डारी, सुष्मालता माथेमा, मनोजकुमार शर्मा र सपना प्रधान मल्लले पनि मुद्दाको सुनुावइमा सहभागी हुने पाउने छैनन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter