तार, सिलिन्डर र पाइपमा गुणस्तर चिह्न अनिवार्य

काठमाडौँ, साउन १२ गते । सरकारले हाउस वाइरिङ तार, ग्यास सिलिन्डरमा जोडिने पाइप, जस्तापाताले अबदेखि अनिवार्य रूपमा नेपाल गुणस्तर (एनएस) चिह्न लिनुपर्ने भएको छ । यी वस्तुले आम नागरिकको जीउ ज्यानसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुँदा गुणस्तरमा समस्या नहोस् भन्नका लागि सरकारले एनएस चिह्न अनिवार्य गरेको हो ।

गत साताको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि यी उत्पादक उद्योगले एनएस चिह्न लिने व्यवस्था भए पनि अनिवार्य वा बाध्यकारी व्यवस्था गरिएको थिएन । त्यसैले यी र यस्ता वस्तु उत्पादन गर्ने थोरै उद्योगले मात्रै एनएस चिह्न लिएका छन् ।

नेपाल गुणस्तर प्रमाणपत्र चिह्न प्रमाणित गर्ने काम नेपाल नापतौल तथा गुणस्तर विभागले गर्दै आएको छ । सो विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सरकारको नयाँ निर्णयअनुसार राजपत्रमा छापिएर आएपछि यी वस्तुलाई अनिवार्य रूपमा एनएस चिह्न दिने प्रक्रिया सुरु हुने बताउनुभयो । सरकारले निर्णय गरेका विषय राजपत्रमा छापिन समय लाग्न सक्ने भएकाले यति समयदेखि सुरु हुन्छ भनेर भन्न आफूलाई अहिले अप्ठ्यारो हुने उहाँको भनाइ छ ।

विभागका अनुसार सरकारले अनिवार्य गरिएका यी वस्तुमध्ये एलपी ग्यास सिलिन्डरको पाइपका लागि चार भारतीय उद्योग र जस्तापाताको चारवटा नेपाली उद्योगले मात्रै अहिलेसम्म एनएस चिह्न लिएका छन् । यस्तै हाउस वाइरिङ तारका २५ वटा उद्योगले एनएस चिह्न लिएको सो विभागले जनाएको छ ।

महानिर्देशक पुडासैनीले यी उत्पादनका यति नै छन् भन्ने जानकारी नभए पनि थुप्रै उद्योगले यी वस्तु उत्पादन गरिरहेको तर बाध्यकारी व्यवस्था नहुँदा कारबाही गर्न पनि समस्या भएको बताउनुभयो । यो व्यवस्था लागू भएपछि एनएस चिह्न लिन नमान्ने उद्योग वा कम्पनीलाई कारबाही गर्न सकिने पनि विभागले जनाएको छ ।

विभागमा यी वस्तु मानिसको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले पछिल्लो समयमा गुणस्तरका बारेमा धेरै नै गुनासो आउने गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter