थप ३१५ मा सङ्क्रमणको पुष्टि, कुल २० हजार ८६

काठमाडौं, साउन १७ गते । नेपालमा कोरोनाभाइरसका ३१५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । हाल पाँच हजार ३३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनको क्रममा पछिल्लो चौबीस घण्टामा छ हजार ९९३ जनाको स्वाब परीक्षण गरिएको जानकारी दिनुभयो । हालसम्म तीन लाख ८२ हजार ४९० जनाको स्वाब परीक्षण गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो चौबीस घण्टामा ९३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । कोरोनामुक्त हुने दर करिब ७२ प्रतिशत पुगेको हो । हाल ११ हजार ५३३ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter