थप ४१८ मा सङ्क्रमण, कुल २० हजार ७५०

काठमाडौं, साउन १९ गते । कोरोनाभाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २० हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ७३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ६३७ जनाको स्वाब परीक्षण गरिएको छ । हालसम्म तीन लाख ९८ हजार ९०७ जनाको आर टी पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल दश हजार ४५२ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा ३५८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै हालसम्म १४ हजार ९६१ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।

कोरोना सङ्क्रमणबाट ५७ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा सङ्क्रमणबाट मृत्युको घटना दत्र्ता गरिएको छैन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter