भदौ १ देखि घलेगाउँ घुम्न पाइने

बेलिना थापा / लमजुङ, साउन २० गते । कोभिड–१९ सङ्क्रमणका कारण बन्दाबन्दी भएपछि पर्यटकलाई प्रवेशमा रोक लगाएको पर्यटकीय घलेगाउँ भदौ १ देखि घुम्न सकिने भएको छ । लमजुङको क्व्होँलासोंथर गाउँपालिका–३ मा पर्ने स्मार्ट भिलेज घलेगाउँमा भदौ १ बाट पर्यटक प्रवेशमा खुला गरिएको हो ।

पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष एवं क्व्हाँेलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार सुस्ताएको पर्यटनलाई अघि बढाउन पर्यटकलाई प्रवेश खुला गएिको हो । घलेगाउँमा पहिलो प्राथमिकता जिल्लाभित्रका पर्यटक र त्यसपछि गण्डकी प्रदेशभित्रका जिल्लाका पर्यटकलाई दिइनेछ ।

बन्दाबन्दीसँगै घरबास व्यवसाय सङ्कटमा परेको र बन्दाबन्दीले मात्र निकासा नहुने भएकाले पर्यटक व्यवसायलाई खुला गरिने निर्णय भएको उहाँले बताउनुभयो । लकडाउन सुरु भएसँगै घलेगाउँमा पर्यटक आउन रोकेका थियौँ । विभिन्न ठाउँबाट पर्यटक आउँदा सङ्क्रमणको जोखिम हुन्छ भनेर आउन दिएनौँ । लामो समयसम्म पर्यटन व्यवसाय ठप्प भयो । आम्दानीको आधार पर्यटन भएकाले पर्यटकलाई रोक्दा व्यवसाय सङ्कटमा पर्ने देखियो, उहाँले भन्नुभयो, “अब बिस्तारै जिल्लाभित्रका पर्यटकलाई आउन दिने भनेका छौँ तर उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्र पर्यटकलाई प्रवेश गर्न दिन्छौँ । ”

उहाँका अनुसार घलेगाउँ आउने पर्यटकले अनिवार्य मास्क लगाउनुपर्ने छ । स्थानीयले पनि मास्क अनिवार्य लगाउनुपर्ने छ । थर्मल गर्नमार्फत ज्वरो परीक्षण गरेर मात्र प्रवेश गराइने उहाँले बताउनुभयो ।

पर्यटन समितिका सचिव उमलबहादुर विकका अनुसार पर्यटक सम्पर्क कार्यालय अगाडि साबुन पानीले हात धुने व्यवस्था गरिनेछ र सेनिटाइजर पनि राखिनेछ । सुरक्षा सतर्कता अपनाएर मात्र पर्यटकलाई प्रवेश गराइने विकले बताउनुभयो । एउटा कोठामा दुई जनालाई मात्र राख्ने र सकेसम्म खाना खाजा पनि कोठामै लगिने व्यवस्था गरिने उहाँले बताउनुभयो ।

पर्यटकीय घलेगाउँमा २०५६ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित २०५७ बाट होमस्टे सञ्चालनमा ल्याइएको थियो । १२ घरबाट सुरु गरिएको होमस्टे अहिले ३४ घरमा सञ्चालन गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter