उपत्यका भित्रिने नाकामा चेकजाँच कडा बनाइयाे, पास नभएका सवारीसाधन नाकाबाटै फिर्ता

काठमाडौँ, साउन २१ गते । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरूमा चेकजाँच कडा बनाइएकाे छ ।

लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरूको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाब संकलन गरेको सरकारले अहिले भने सवारी पासजाँचमा पनि कडाइ गरेको हो । उपत्यका प्रवेश पास नभएका सवारीसाधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ ।

यसअघि नाकासम्म एउटा सवारीसाधनमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने र उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरूलाई पनि रोक लगाइएको छ ।

प्रहरीले बुधबार पैदल हिँडेर प्रवेश गर्न खोज्ने विनापासका यात्रुहरू सबैलाई फर्काएको छ । उपत्यका छिर्ने साँगा नाकामा बुधबार अपराह्नसम्म मास्क नलगाएका २५ जनालाई प्रहरीले कारबाही गरेको छ । पास नभएका गाडीहरूलाई फिर्ता पठाइएको छ ।

नागढुंगा नाका हुँदै दैनिक चारदेखि ६ सयसम्म सवारीहरू भित्रिने गरेका छन् । बुधबार दिउँसो नागढुंगा नाकामा उपत्यका प्रवेश गर्ने सवारीकाे चेकिङ कडा थियाे ।

उपत्यकाबाहिरबाट आउनेमा संक्रमण देखिन थालेपछि सरकारले प्रवेशमा कडाइ गरेको हो । मंगलबार मात्रै उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए । नागढुंगा, साँगा र फर्पिङ हुँदै हजारौँ नागरिक उपत्यका प्रवेश गरिरहँदा जोखिम बढेको निष्कर्षसहित सरकारले प्रवेशमा कडाइ गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार उपत्यका भित्रिने नाकाहरूमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण देखिएको थियो । नाकाहरूमा गरिएका १० हजार आठ सय ५३ वटा पिसिआर परीक्षणमा ४० जनामा संक्रमण पोजेटिभ देखिएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter