कोरोनाबाट ३८१ जना नयाँ सङ्क्रमित, कुल २१ हजार ३९०

काठमाडौँ, साउन २१ गते । कोरोना भाइरसका ३८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ८५९ जनाको स्वाब परीक्षण गरिएको छ । हाल नाै हजार ९२५ जना क्वारेन्टिनमा छन् ।

सक्रिय सङ्क्रमित सङ्ख्या छहजार ६६४ रहेका छन् । सङ्क्रमित भएर मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा १३० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार १५६ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter