उपत्यकामा १०६सहित ४६४ सङ्क्रमित, कुल २२ हजार २१४

काठमाडौँ, साउन २३ गते । कोरोना भाइरसका ४६४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार २१४ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ९२६ जनाको स्वाब परीक्षण गरिएको छ । हाल दश हजार २०७ जना क्वारेन्टिनमा छन् ।

नेपालमा अहिले सक्रिय सङ्क्रमित सङ्ख्या छ हजार ३३० रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा ४२५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार ८१४ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।

काठमाडौं उपत्यकामा चौबीस घण्टामा एकसय छजना सङ्क्रमित भएका छन् । काठमाडौंमा ९२ जना, ललितपुरमा दश र भक्तपुरमा चारजना सङ्क्रमित भएका हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter