उपत्यकामा ९२ सहित ३८० सङ्क्रमित, कुल २२ हजार ९७२

काठमाडौँ, साउन २५ गते । कोरोनाभाइरसका ३८० जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमित सातहजार ५४४ रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङकाे क्रममा पछिल्लो चौबीस घण्टामा ४० जना कोरोनामुक्त भएर घर फर्केका जनाएको छ । हालसम्म १६ हजार ३५३ जना कोरोनामुक्त भएका छन् । क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आइतबार ९२ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ९० र ललितपुरमा दुईजना थप भएका हुन् । भक्तपुर जिल्लामा भने आइतबार सङ्क्रमित थपिएका छैन ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter