उपत्यकामा ४४ सहित ३३८ सङ्क्रमित, कुल २३ हजार ३१०

काठमाडौँ, साउन २६ गते । कोरोना भाइरसका ३३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङकाे क्रममा पछिल्लो चौबीस घण्टामा १४० जना कोरोना मुक्त भएर घर फर्केका छन् । हालसम्म १६ हजार ४९३ जना कोरोनामुक्त भएका छन् । क्वारेन्टिनमा १० हजार ६५९ जना रहेका छन् । भाइरस लागेर डिस्चार्ज हुनेको प्रतिशत ७०.७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । ।

सक्रिय सङ्क्रमितको सङ्ख्या छहजार ७३८ रहेको छ । रेड जाेनमा थप एकजना बारा जिल्लाका परेकाे छ । कुल रेड जाेनमा ५५४ जना रहेका छन् । स्वःमूल्याकंन गरेका ६२ हजार २२५ रहेका छन् ।

उपत्यकामा सोमबार ४४ जना सङ्क्रमित

काठमाडौं उपत्यकामा सोमबार ४४ जना सङ्क्रमित थपिएका छन् । उपत्यका सबैभन्दा बढी काठमाडांै जिल्लामा सङ्क्रमित भएका छन् । काठमाडौंमा ३६, ललितपुर र भक्तपुरमा चार चारजना सङ्क्रमित थपिएका छन् ।

यस्तै, साेमबार नेपालमा मृत्यु संख्या ७९ पुगेकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter