सङ्क्रमित सङ्ख्या २३ हजार ९४८ पुग्याे, मङ्गलबार थप ६३८

काठमाडौँ, साउन २७ गते । मङ्गलबार कोरोना भाइरसका कारणले ६३८ सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २३ हजार ९४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हाे । चौबीस घण्टामा दश हजार ४६२ पीसीआर परीक्षण गरेकोमा ६३८ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
नेपालमा सक्रिय सङ्क्रमित सातहजार २०१ रहेको छ । नेपालमा चौबीस घण्टामा १७१ कोराेनामुक्त भएका छन् । योसँगै कुल कोरोनामुक्त हुनेको सङ्ख्या १६ हजार ६६४ पुगेको छ ।