सङ्क्रमित सङ्ख्या २४ हजार ४३२ पुग्याे, बुधबार थप ४८४

काठमाडौँ, साउन २८ गते । कोरोना भाइरसका कारणले ४८४ सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार ४३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हाे । पछिल्लो २४ घण्टामा दश हजार ४८१ पीसीआर परीक्षण गरिएकाे थियाे ।

नेपालमा सक्रिय सङ्क्रमित सातहजार ६१३ रहेका छन् । नेपालमा चौबीस घण्टामा ६४ कोराेना मुक्त भएका छन् । योसँगै कुल कोरोना मुक्त हुनेको सङ्ख्या १६ हजार ७२८ पुगेको छ । कोरोना मुक्त प्रतिशत ६८.४ रहेकाे छ ।

पाँचसय भन्दा बढी सङ्क्रमित भएर उपचारमा रहेका जिल्लाहरु चारवटा रहेका छन् । काठमाडौं, पर्सा, रौतहट र महोत्तरी रहेका छन् ।

त्यसैगरी, शुन्य सङ्क्रमित हुने छवटा जिल्लाहरु रहेका छन् । संखुवासभा, सोलुखम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा आठजना सङ्क्रमितको मृत्युसँगै कुल मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter