थप ५२५ सङ्क्रमित, कुल सङ्क्रमित २४ हजार ९५७

काठमाडौँ, साउन २९ गते । कोरोना भाइरसबाट बिहीबार थप ५२५ सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कुल सङ्क्रमित २४ हजार ९५७ पुगेको बताउनुभयाे ।

पछिल्लो २४ घण्टामा नौ हजार ८५९ जनाको पीसीआर परीक्षणमा सङ्ख्या थपिएको हो ।

सक्रिय सङ्क्रमित आठ हजार २५ जना रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ र होम क्वारेन्टिनमा ४६६ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएर उपचारमा रहेका जिल्लाहरू चार वटा काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी रहेका छन् । त्यसैगरी, शून्य सङ्क्रमित हुने छ वटा जिल्लाहरू सङ्खुवासभा, सोलुखम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

यस्तै, बिहीबार १०९ जना उपचारपछि घर फर्केका छन् । यसरी अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या १६ हजार ८३७ पुगेको छ । सङ्क्रमित भएर मृत्यु हुने ९५ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter