कोरोनाका ५९४ नयाँ सङ्क्रमित थपिए, कुल २५ हजार ५५१

काठमाडौँ, साउन ३० गते । कोरोनाभाइरसको ५९४ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ११ हजार ५७५ जनाको कोभिड–१९ पीसीआर परीक्षण गरिएकोमा ५९४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५९४ जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म सङ्क्रमित भएका बिरामीको सङ्ख्या २५ हजार ५५१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा २४० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केकाे बताउनुभएकाे छ । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त भएकाको सङ्ख्या १७ हजार ७७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल १४ हजार ६३८ जना क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट चार जनाको मृत्युको पुष्टि भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter