कोरोनाभाइरसका ४६८ सङ्क्रमित थपिए; काठमाडौँ उपत्यकामा ९८ सङ्क्रमित थपिए

काठमाडौँ, साउन ३१ गते । कोरोनाभाइरसका ४६८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४६८ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको जानकारी दिनुभएको छ । प्रवक्ता गौतमले हाल आठ हजार १९३ जनामा आइसोलेसनमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म १७ हजार २०१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकामा कोरोनाका ९८ सङ्क्रमित थपिए
काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका ९८ जना सङ्क्रमित थपिएका छन् । यो पछिल्लो पाँच दिनमा सबैभन्दा कम सङ्क्रमित हो । यसअघि लगातार पाँच दिनसम्म काठमाडाैँ उपत्यकामा एक सय जनाभन्दा बढी सङ्क्रमित फेला पर्दै आएकोमा शनिबार ९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँमा ८०, ललितपुर र भक्तपुरमा नौ/नौ जना गरी उपत्यकामा ९८ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले टेकु अस्पताल र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा सामान २४ जना सङ्क्रमितको पुष्टि भएको बताउनुभयो ।

नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडाैँका चार र भक्तपुरका आठ, विरेन्द्र अस्पतालमा काठमाडाैँका तीन, सूर्या प्रयोगशाला–लाजिम्पाटमा काठमाडाैँका दुई र स्टार अस्पताल सानेपामा काठमाडाैँका दश तथा ललितपुरका सात जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बीआईडीएच ल्याबमा काठमाडाैँका दश र ललितपुरका एक, वीर अस्पतालमा काठमाडाैँका तीन र भक्तपुरका एक तथा बी एण्ड बी अस्पतालमा ललितपुरका एकमा सङ्क्रमणको पुष्टि भएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter