काेराेनाका ६४१ नयाँ सङ्क्रमित थपिए, कुल २६ हजार ६६०

काठमाडौँ, साउन ३२ गते । कोरोना भाइरसका ६४१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार २४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ६४१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सक्रिय सङ्क्रमितहरू नाैहजार २२१ रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २६ हजार ६६० पुगेको जानकारी दिनुभयाे । प्रवक्ता गौतमले हाल आठ हजार जनामा आइसोलेसनमा रहेको जानकारी दिनुभयो । हाेम आइसोलेसनमा ४९७ रहेका छन् । क्वारेन्टिनमा १५ हजार २४३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ३३५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडाैँमा १७२ जना नयाँ थपिएका छन् । काठमाडाैँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना थपिएका छन् ।

आज पर्सामा एक पुरुष र मोरङ जिल्लामा एकजना महिलाको कोभिड–१९ कारणले मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter