मङ्गलबार एक हजार १६ सहित कुल सङ्क्रमित २८ हजार १६ पुग्याे; काठमाडौँ उपत्यकाका २०५ मा सङ्क्रमण पुष्टि

काठमाडौँ, भदाै २ गते । कोरोना भाइरसका एक हजार १६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षणमा साे सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार २५७ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । उहाँका अनुसार नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू दश हजार ५६३ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ९२६ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ५८० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

आइसीयूमा रहेर उपचार भइरहेका सङ्क्रमितहरू प्रदेश १ मा चारजना, प्रदेश २ मा ४९, वागमती प्रदेशमा ५२, गण्डकीमा ६, प्रदेश ५ मा १० रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि आइसीयूमा नरहेको उहाँले जानकारी दिनुभयो ।

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ ।

काठमाडौँ उपत्यकाका २०५ मा सङ्क्रमण पुष्टि

काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा हालसम्मकै सबैभन्दा बढी जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँमा २०५ जनामा सङ्क्रमितको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङ्को क्रममा देशभरि हालसम्मकै उच्च एक हजार १६ जना सङ्क्रमित पुष्टि भएकोमा काठमाडाैँ उपत्यकाका मात्रै २०५ जना छन् । मन्त्रालयका अनुसार काठमाडाैँमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना सङ्क्रमितको पुष्टि भएको छ ।

कठमाडौँ उपत्यकामा पछिल्लो एक सातादेखि दैनिक एक सय जनामा सङ्क्रमित फेला पर्दैआएको छ । शनिबार मात्रै ९८ जना सङ्क्रमितको पुष्टि भएको थियो । सोमबार १६८ जना सङ्क्रमितको पुष्टि भएको थियो । आइतबार ११९ जना सङ्क्रमित फेला परेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter