६८१ जना थपसहित कुल सङ्क्रमित २८ हजार ९३८ पुग्याे

काठमाडौँ, भदाै ३ गते । कोरोना भाइरसका ६८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ५५२ पीसीआर परीक्षणमा साे सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार ९३८ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

उहाँका अनुसार नेपालमा अहिले ११ हजार ११८ सक्रिय सङ्क्रमितहरू रहेका छन् । संस्थागत अाइसाेलेसनमा सातहजार ९८७ र हाेममा तीनहजार १३१ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ५७१ रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार सातसय जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

बुधबार छ जनाको मृत्यु

बुधबार छजनाको मृत्यु कोरोना भाइरसका कारणले भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ । काठमाडौँ र बर्दियामा एक/एक महिला र भक्तपुर, मोरङ, चितवन र सुनसरीमा एक/एक जना महिलाको भाइरसका कारणले मृत्यु भएको प्रवक्ता गौतमले जानकारी गराउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter