थप ७०७ जना सङ्क्रमित, कुल २९ हजार ६४५

काठमाडौँ, भदाै ४ गते । कोरोना भाइरसका सातसय सातजना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९२ महिला र ५१५ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू एघार हजार ५५५ रहेका छन् । क्वारेन्टिनमा ११ हजार ७६८ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ८३२ पीसीआर परीक्षणमा भएकाे थियाे ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २९ हजार ६४५ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । बिहीबार देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २६४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ७६८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

संस्थागत अाइसाेलेसनमा ८ हजार ८३ र हाेम अाइसाेलेसनमा ३ हजार ७७३ रहेका छन् ।

थप छ जनाकाे मृत्यु, कुल १२६

कोरोना भाइरसका कारण बिहीबार थप छजनाको मृत्यु भएको छ । दुई महिला र चार पुरुषको मृत्यु भएको हो । काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक एक पुरुष र पर्सा जिल्लामा एक महिला र दुई पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँग नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एकसय २६ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter