थप ८३८ सङ्क्रमितसहित कुल ३० हजार ४८३ पुग्याे; काठमाडौँ उपत्यकामा १८२ जनामा सङ्क्रमण

काठमाडौँ, भदाै ५ गते । कोरोना भाइरसका ८३८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २९२ महिला र ५४६ जना पुरुषकाे काेराेना पुष्टि भएको हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

क्वारेन्टिनमा १२ हजार २३४ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ८८९ पीसीआर परीक्षणमा भएकाे थियाे ।

बिहीबार देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २५० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १८ हजार २१४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १२ हजार १३२ जना सक्रिय सङक्रमित रहेका छन् ।

बढ्दै आइसीयूमा बिरामी

नेपालमा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिरहेको बेलामा आइसीयूमा १३३ रहेर उपचार भइरहेको छ । त्यस्तै बागमती प्रदेशमा मात्रै १५ जना बिरामी भेन्टिलेटरमा रहेका छन् ।

राससका अनुसार पछिल्लो २४ घण्टामा ५० जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नं १ को सात जिल्लामा ८९, प्रदेश नं २ को ७ जिल्लामा १७९, बागमती प्रदेशको १० जिल्लामा २५०, गण्डकी प्रदेशको ६ जिल्लामा २७, प्रदेश नं ५ को १० जिल्लामा ५९, कर्णाली प्रदेशको ४ जिल्लामा ५८ तथा सुदूरपश्चिमको ६ जिल्लामा १७६ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा १८२ जनामा कोरोना सङ्क्रमणको पुष्टि

काठमाडौँ उपत्यकामा कोभिड–१९ का १८२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौँका १४२, ललितपुरका २५ र भक्तपुरका १५ गरी १८२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्गको क्रममा पछिल्लो चौबीस घण्टामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ । बिहीबार काठमाडौँ उपत्यकामा २०० जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter