कोरोनाका ६३४ सङ्क्रमित थपिए; काठमाडौँ उपत्यकामा २१६ जनामा सङ्क्रमण

काठमाडौँ, भदौ ६ गते । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ६३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३१ ह्जार ११७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ५१९ जनाको पीसीआर परीक्षण गरिएको बताउनुभयाे । सङ्क्रमितमध्ये १८२ जना महिला र ४५२ जना पुरुष रहेको मन्त्रलायले जनाएको छ । पछिल्लो चौबीस घण्टामा १३६ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।

काठमाडौँ उपत्यकामा २१६ जनामा सङ्क्रमणको पुष्टि

काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका २१६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । काठमाडाैँमा पछिल्लो चौबीस घण्टामा पुष्टि भएको सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा काठमाडाैँ उपत्यकाको तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा २१६ नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ । काठमाडाैँ उपत्यकाको काठमाडाैँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० जना सङ्क्रमित पुष्टि भएको हो । भक्तपुरमा थपिएका सङ्क्रमित अहिलेसम्मकै चौबीस घण्टाको सबैभन्दा बढी हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter