बन्दाबन्दी र निषेधाज्ञाबीच रगत अभाव, रक्तदान गर्न युवालाई आग्रह

काठमाडाैँ, भदाै ६ गते । बन्दाबन्दी र निषेधाज्ञाबीच रगत अभाव भएकाे नेपाल रेडक्रस साेसाइटीले जनाएकाे छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रमहरू हुन नसक्दा रगत अभाव भएकाेले रक्तदान गर्न रेडक्रसले युवालाई आग्रह गरेकाे छ ।

केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरै रक्तसञ्चार केन्द्रहरूमा रगत स्टक अति न्यून रहेकाे नेपाल रेडक्रस साेसाइटीका सञ्चार निर्देशक दिव्यराज पाैडेलले जानकारी दिनुभयाे । उहाँका अनुसार तय भएका रक्तदान क्याम्पहरू स्थगित भइरहेका छन् । उहाँका अनुसार केन्द्रीय रक्तसञ्चार सेवामै आएका सेवाग्राहीलाई पनि फिर्ता पठाउनुपरेकाे छ । बिहीबार र शुक्रबार केन्द्रीय रक्तसञ्चार सेवामा रगत लिन आएका दर्जनाैँ बिरामीका आफन्तलाई खाली हात फिर्ता पठाइएकाे उहाँले बताउनुभयाे ।

नियमित रगत चाहिने खालका बिरामीहरूका लागि समेत रगत पर्याप्त आपूर्ति गर्न गर्न नसकिएकाे निर्देशक दिव्यराज पाैडेलले बताउनुभयाे । नियमित रगत चाहिने क्यान्सर, मिर्गाैला, थालसेमिया, हेमाेफिलियाजस्ता बिरामीलाई समेत रक्तसमूह मिल्ने आफन्त खाेजी रगत दिन लगाई काम चलाइरहेकाे पाैडेलले बताउनुभयाे । दुर्घटना, प्रसूती, मुटु, आकस्मिक शल्यक्रियाका बिरामीहरूका आफन्तहरूलाई कतिपय अवस्थामा फर्काउनुपर्ने अवस्था रहेकाे उहाँकाे भनाइ छ ।

विशेष गरी देशमा मुख्य सहरहरू तथा मिर्गाैला, क्यान्सरका राेगी धेरै हुने स्थानहरूमा रगतकाे अभाव भइरहेकाे निर्देशक दिव्यराज पाैडेलले बताउनुभयाे । उहाँका अनुसार काठमाडाैँ, विराटनगर, धरान र चितवनलगायत मुख्य सहरमा रगत अत्यन्तै अभाव भइरहेकाे छ । ‘बन्दाबन्दीकाे सुरुमा रगत राम्रै सङ्कलन भएकाे थियाे । तर याे लम्बिँदै गएपछि रक्तसञ्चार क्याम्पहरू गर्न असहजता भएका कारण यस्ताे अभाव भएकाे हाे ।’ निर्देशक पाैडेलले भन्नुभयाे ।

असहजताबीच पनि रेडक्रसले रगत सङ्कलन गर्न पहल गरिरहेकाे उहाँकाे भनाइ छ । भक्तपुरमा स्थानीय प्रशासनसँगकाे समन्वय गरी शनिबार रक्तदान कार्यक्रम गरिरहेकाे उहाँले जानकारी दिनुभयाे ।

रगतकाे अभाव भएकाेले रक्तदाता तथा स्थानीय सङ्घसंस्थाले साना समूहमा रक्तदान कार्यक्रम आयाेजना गरी रगत आपूर्ति गराउन सकिने उहाँकाे भनाइ छ । सुरक्षित तवरले रक्तदान गराउँदा काेभिड १९ काे जाेखिमसमेत नहुने भएकाेले नियमित रुपमा रक्तदान गराइरहेकाे व्यक्तिहरू तथा युवाहरूले नजिकका केन्द्रहरूमा गई रक्तदान गर्न उहाँले आग्रह गर्नुभयाे ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter