हरिचौरमा विद्युत सब–स्टेशन निर्माण

गलकोट, भदौ ७ गते । सडकले सुगम बनाएको जिल्लाको दुर्गम मानिएको पश्चिम क्षेत्रमा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार थालिएको छ । यसका लागि नेपाल विद्युत प्राधिकरणले जिल्लाको गलकोट हरिचौरमा सब–स्टेशन निर्माण गरेको छ ।

जिल्लामा धमाधम केन्द्रिय प्रशारण लाइनको पहुँच पु¥याउनका लागि सब-स्टेशन निर्माण भएको प्राधिकरणको बागलुङ वितरण केन्द्रले जनाएको छ । २०७२ सालमा शुरु भएको तीन एमभीए क्षमताको सब स्टेशन निर्माण कार्य हालै मात्रै सम्पन्न भएको वितरण केन्द्रका प्रमुख इञ्जिनियर शिव नारायण गोशलीले जानकारी दिनुभयो । “बागलुङ हालसम्म जम्मा ५५ प्रतिशत मात्रै केन्द्रीय विद्युतको पहुँच पुगेको छ” उहाँले भन्नुभयो, “आगामी एक वर्षमा ९० प्रतिशत बढी विद्युतीकरण गर्ने योजनाका साथ काम गरिरहेका छौ, जसमा जिल्लाको पश्चिम क्षेत्र मुख्य केन्दीत गरेका छौ, यसका लागि सब-स्टेशन निर्माणले सहजता प्रदान गर्नेछ । ” गलकोट हरिचौरमा निर्माण गरिएको सब-स्टेशन बागलुङ बजार पछिको दोस्रो हो । जिल्लाको सबै गाउँमा विद्युतिकरण गर्न थप दुई सब-स्टेशन निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

प्राधिकरणले जग्गा खरिद गरेर राखेको लामो समय पछि मात्रै सब-स्टेशन निर्माण गरिएको हो । चार करोड रुपैयाँको लागतमा निर्माण भएको सब-स्टेशन निर्माण शुरु भएको पाँच वर्षमा सम्पन्न भएको हो । गलकोट नगरपालिका–५ हरिचौरमा रहेको उक्त सब-स्टेशन निर्माण पछि गलकोट, ताराखोला, बडिगाड तथा बुर्तिबाङमा विद्युत विस्तार कार्य भइरहेको छ । असार मसान्तमा सकिएको सब-स्टेशन निर्माण यही भदौ १ गतेदेखि चार्ज गर्न थालिएको हो । रामरेखा सब-स्टेशनबाटै विद्युत बाल्दैआएका गलकोटबासीलाई हरिचौरमा सब-स्टेशन निर्माणपछि सहज भएको छ । “गलकोटमा केही समस्या आउँदा जिल्ला सदरमुकाम स्थित रामरेखा सब-स्टेशनमा विद्युत बन्द गर्नुपर्ने समस्या थियो” प्रम्ख गोशलीले भन्नुभयो, “गलकोट र गलकोटदेखि अगाडि केही समस्या भएमा अब हरिचौर सब-स्टेशनमै बन्द हुन्छ ।”

विद्युत प्राधिकरणले हाल गलकोटको अन्तिम विन्दु रिघा सम्म केन्द्रीय विद्युतको उज्यालो पुगेको छ भने बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ सम्म विद्युतको प्रशारण लाइन तान्ने कार्य सम्पन्न भएको छ । यही भदौ महिना भित्रै बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङमा केन्द्रीय विद्युतको पुहँच पुग्नेछ ।

बागलुङ वितरण केन्द्रले केन्द्रीय विद्युतको पुहँच पुग्न थाले पछि बुर्तिबाङ बजारमा रिघा मनेवासम्म बत्ती बलेको छ । विद्युतीकरण शुरु हुन लागेको पश्चिम बागलुङलाई लक्षित गरी यही भदौ १ गतेदेखि विद्युत महशुल तथा मिटर वितरण र डिडिङको काम अगाडि बढेको छ । यसका लागि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा प्राधिकरण बागलुङ वितरण केन्द्रअन्तर्गतको महशुल सङकलन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

अहिले जिल्लाको बरेङ, ताराखोला, बडिगाड र बुर्तिवाङमा धमाधम विद्युतीकरण भइरहेको छ भने आगामी असार सम्म केन्द्रिय विद्युतको पहुँच नपुगेका तमानखोला र निसीखोला गाउँपालिकामा समेत विद्युत पुर्याइने जनाइएको छ । अहिले पश्चिम बागलुङको गलकोटमा मात्रै पुगेको केन्द्रीय प्रशारण लाइन सब-स्टेशन निर्माणपछि अन्य पालिकामा पनि विस्तार गर्न सहज भएको छ । जिल्लाको अधिकांश क्षेत्रमा लघु जलविद्युतबाट विद्युत बाल्दै आएको जिल्लामा अबको एक/दुई वर्ष भित्रै सबै घरमा केन्द्रीय पहुँच विस्तार गरिसक्ने प्राधिकरणको योजना छ ।

थप विद्युतीकरणका लागि कुश्मिशेरा र खरवाङमा नयाँ सब-स्टेशन आवश्यक भएकाले प्रक्रिया अगाडि बढाइएको छ । यसका प्राधिकरण जग्गा खरिद गरी नयाँ सब-स्टेशन निर्माणका लागि ठेक्का प्रक्रियामा गइसकेको छ भने खर्वाङमा सब–स्टेशन निर्माणका लागि जग्गा खरिद गर्ने कार्य थालिएको छ । हाल रामरेखाको ११/३३ केभिय प्रशारण लाइनको सब-स्टेशनलाई क्षमता थप गरी ११ एमभिए क्षमताको बनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter