थप ८१८ सङ्क्रमितसहित कुल सङ्ख्या ३१ हजार ९३५ पुग्याे; काठमाडौँ उपत्यकामा १६६ नयाँ सङ्क्रमित

काठमाडौँ, भदाै ७ गते । कोरोना भाइरसका ८१८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२० महिला र ५५८ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १३ हजार १५५ रहेका छन् । क्वारेन्टिनमा ११ हजार ४१४ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठ हजार २६ पीसीआर परीक्षणमा भएकाे थियाे । संस्थागत आइसाेलेसनमा नाै हजार २१२ र हाेम आसाेलेसनमा तीन हजार ९४३ रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३१ हजार ९३५ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २८१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १८ हजार ६३१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकामा चाैबीस घण्टामा १६६ नयाँ सङ्क्रमित

काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा १६६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायका अनुसार काठमाडाैँ उपत्यकाको तीन जिल्लामा १६६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयले दैनिक नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडाैँमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी पछिल्लो चौबीस घण्टामा १६६ जना सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार २६ जनाको स्वाब परीक्षण गरिएको छ । काठमाडाैँ उपत्यकाको त्रिवि शिक्षण अस्पताल–महाराजगञ्ज, वीरेन्द्र अस्पतालबाट कोभिड–१९ को परीक्षण गराउनेको तथ्याङ्क उपलब्ध नभएकोले पीसीआर सङ्ख्या घटेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

काठमाडाैँ उपत्यकामा शनिबार हालसम्मकै सबैभन्दा बढी २१६ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter