कोरोनाका ७४३ नयाँ सङ्क्रमितको पुष्टि, कुल ३२ हजार ६७८; काठमाडौँ उपत्यकामा २२४ सङ्क्रमित

काठमाडौँ, भदौ ८ गते । नेपालमा कोरोनाभाइरसका ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७४३ जना नयाँ सङ्क्रमित पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा दश हजार २३४ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा ७४३ जना नयाँ सङ्क्रमित भएकाे पुष्टि भएको जनाएको छ । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३२ हजार ६७८ पुगेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १७५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ ।

सङ्क्रमित वृद्धि हुँदै गर्दा निको हुने दर घट्दै गएको छ । हाल सङ्क्रमित निको हुने दर ५८ प्रतिशतमा झरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल संस्थागत् आइसोलेसनमा नौ हजार १५४ र होम आइसोलेसनमा चार हजार ५६१ जना बसेको जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै २२४ सङ्क्रमित पुष्टि

काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका २२४ जना सङ्क्रमित थपिएका छन् । यसअघि काठमाडौँ उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित पुष्टि भएको गत शनिबार २१६ जना रहेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौँ उपत्यकाका तीन जिल्लामा २२४ जना सङ्क्रमित थपिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ नयाँ सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter