थप ८५५ जना नयाँ सङ्क्रमितसहित ३३ हजार ५२३ पुग्याे; काठमाडौँमा २३२ सङ्क्रमित थपिए

काठमाडौँ, भदौ ९ गते । नेपालमा कोरोना भाइरसका ८५५ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । थप सङ्क्रमितमा २७१ महिला र ५८४ जना पुरुष रहेका छन् ।

मङ्गलबार भएकाे मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा पछिल्लो चौबीस घण्टामा दश हजार ४५३ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा कुल सङ्क्रमितको सङ्ख्या ३३ हजार ५२३ पुगेको हाे । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३१३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ ।

सङ्क्रमित वृद्धि हुँदै गर्दा निको हुने दर भने अहिले विस्तारै घट्दैगएको छ । हाल सङ्क्रमित निको हुने दर ५७ प्रतिशतमा झरेको छ ।

क्वारेन्टिनमा अहिले दश हजार ४५३ जना रहेका छन् ।

सात जनाको मृत्यु

नेपालमा २४ घण्टामा सात जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १६४ पुगेको छ ।

काठमाडौँ उपत्यकामा कोरोनाका २३२ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा कोभिड–१९ का २३२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौँ उपत्यकामा कोरोनाभाइरसका २३२ सङ्क्रमितको पुष्टि भएको हो ।

मन्त्रालयले दैनिक गर्दैआएको प्रेस ब्रिफिङ्को क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँ उपत्यकाको तीन जिल्ला काठमाडौँमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ गरी २३३ जना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter