होटल क्वारेन्टाइन राख्न शुरु, हानले हाललाई ६२ होटल छुट्यायाे

मुकुन्द गैरे / काठमाडौँ, भदौ १० गते । उपत्यकाका क्वारेन्टाइन पर्याप्त नभएका बेला विदेशबाट फर्किनेलाई होटल क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । हिजो विदेशबाट आएका १५५ जना नेपाली होटल क्वारेन्टाइनमा बसिसकेका होटल सङ्घ नेपाल (हान) का महासचिव साजन शाक्यले बताउनुभयो । उहाँले विदेशबाट आएर होटल क्वारेन्टाइनमा बस्न आउनेको लागि सबै पूर्वाधार तयारी अवस्थामा रहेको बताउनुभयो ।

सरकारले जारी गरेका मापदण्ड पूरा गर्न कुनै समस्या नहुने बताउँदै उहाँले विदेशबाट आउने नेपालीलाई आफूहरूले राख्न पाउँदा खुशी महसुस गरेको उहाँ बताउनुहुन्छ ।सुरुको लकडाउनमा पनि विदेशबाट आएका एक हजार पाँच सय व्यक्तिलाई होटल क्वारेन्टाइनमा राखेको बताउँदै अहिले आउनेलाई राख्न पनि कुनै समस्या नहुने महासचिव शाक्य बताउनुहुन्छ ।

काठमाडौँमा होटल सङ्घ नेपाल (हान)मा आबद्ध ३५० होटल सञ्चालनमा छन् । जसमा हाल ६२ होटल क्वारेन्टाइनको लागि छुट्ट्याइएको महासचिव शाक्य बताउनुहुन्छ ।

पछि बस्नेको माग आएमा क्वारेन्टाइनको लागि होटलको सङ्ख्या बढाउन सकिने उहाँ बताउनुहुन्छ । विदेशबाट आउने नेपालीको लागि फाईदाको लागि भन्दा पनि सामाजिक उत्तरदायित्व ठानेर सामान्य अवस्थामा भन्दा हाल ६० प्रतिशत कम शुल्कमा होटल उपलब्ध गराएको महासचिव शाक्यको भनाइ छ । विदेशबाट आएकाहरूलाई क्वारेन्टाइन होटलसम्म स्वास्थ्य मापदण्ड पूरा गरी आफ्नै गाडीमा राखेर ल्याउने गरेको उहाँ बताउनुहुन्छ ।

विदेशबाट आउने नेपाली बस्ने होटेल क्वारेन्टाइनमा होटल सञ्चालकले होटल छिर्ने परिसरको छुटटै गेटदेखि वाइफाइसम्मको मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले हिजो एक सूचना जारी गर्दै होटल व्यवसायीले क्वारेन्टाइनको लागि दिने होटलको विभिन्न मापदण्डमा सो कुरा उल्लेख गरेको छ ।

होटल सङ्घ नेपाल र होटल व्यवसायी महासङ्घले क्वारेन्टाइन स्थलको रुपमा प्रयोग गर्न होटलले तोको मापदण्ड पूरा गरेको हुनुपर्नेछ । त्यस्ता होटलमा मात्र क्वारेन्टाइनको लागि प्रयोगमा ल्याउन सक्नेछन् । क्वारेन्टाइनको लागि कम्तीमा २० कोठा भएको, स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्ने गरी होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ट भएको हुनपर्नेछ । सकेसम्म घुमफिर गर्नसक्ने खुला ठाउँ र बगैँचा भएको भएको हुनुपर्नेछ ।

होटल क्वारेन्टाइनमा रहेका हवाई यात्रुहरूलाई सेवा प्रदान गर्न खाना, पानी, अन्य लजिष्टिक सपोर्ट हुनुपर्नेछ । स्वाब परीक्षणको नमुना सङ्कलनको लागि पर्याप्त खुला ठाउँ भएको हुनुपर्नेछ । होटलमा टिभी, वाइफाइ, रुममा अनिवार्य भएको हुनुपर्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । होटलको रुपमा अट्याच्ड ट्वाइलेट र नुहाउन तथा पिउन तातोपानीको व्यवस्था भएको हुनुपर्नेछ । साथै, होटलमा खाना तथा अन्य सेवाहरू कोठामा वा प्यासेजमा मात्र प्रदान गर्न पाइने भएको छ ।

होटलको प्रत्येक प्रस्थान कक्षमा साबुन पानीले हात धुने व्यवस्था भएको हुनुपर्नेछ । होटलले प्रदान गर्ने सेवाहरू सामूहिक रुपमा खाना खाने स्थल ’बुफे’, जिम, साउना, इन्डोर तथा आउटडोर गेम पूर्ण रुपमा बन्द गर्ने गरिएको हुनुपर्ने बताइएको छ । प्रत्येक कोठामा एक हप्ता पुग्ने गरी साबुन, ब्रस, ह्याण्डवास र टावेल अनिवार्य हुनुपर्नेछ ।

साथै उद्वार उडानबाट आउने हवाई यात्रुहरूलाई होटल क्वारेन्टाइनमा सात दिनका लागि राख्ने प्रयोजनका लागि होटल एसोसियसन नेपाल र होटल व्यवसायी महासङ्घ सम्बद्व होटलहरूमा इकोनोमी/पर्यटकस्तर होटलमा सात रात र आठ दिनको दुई जना बस्ने कोठाको लागि प्रति व्यक्ति एक मुष्ट ११ हजार रुपियाँ बस्ने व्यक्तिले तिर्नुपर्नेछ । एक जना मात्र बस्ने कोठाको लागि एकमुष्ट १७ हजार पाँच सय रुपियाँ लाग्नेछ ।

यो अवधिभन्दा बढी बस्नुपरेमा सो होटलको लागि दुई जना बस्नको लागि प्रतिव्यक्ति प्रतिदिन एक हजार पाँच सय रुपियाँ र एक जना बस्नको लागि दुई हजार पाँच सय रुपियाँ प्रतिदिन थप शुल्क लाग्नेछ ।

स्टार/बुटिक होटल बस्नेको लागि एक जना बस्ने कोठाको लागि प्रतिदिन चार हजारका दरले शुल्क लाग्नेछ । दुई जना बस्ने कोठाको लागि प्रतिव्यक्ति दुई हजार पाँच सय रुपियाँका दरले सात दिनसम्मको खर्च लाग्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter