थप ८८५ मा कोरोना सङ्क्रमण पुष्टि, कुल ३४ हजार ४१८; काठमाडौँ उपत्यकामा ३०१ जना सङ्क्रमित

काठमाडौँ, भदौ १० गते । नेपालमा ८८५ काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम ८८५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा भाइरसबाट सङ्क्रमित हुने ३४ हजार ४१८ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा १३ हजार २५३ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । हाल १४ हजार ७३९ जना आइसोलेसनमा छन् ।

पछिल्लो चौबीस घण्टामा ३८५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

काठमाडौँ उपत्यकामा ३०१ जना सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा थप ३०१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ३०१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter